logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो


अंकुरण खबर
741
Shares

सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ।

सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो ।

३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। उनले भने, ´महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा  ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगै सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।