logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आवश्यक परे घरघरमै गएर नागरिकलाई कोरोना खोप लगाउन संसदीय समितिको अनुरोध


अंकुरण खबर
1.001K
Shares

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक परे नागरिकलाई घरघरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाइदिन सरकारलाई अनुरोध गरेको छ ।

मंगलबार बसेको समिति बैठकपछि निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले कोरोना खोप सबैलाई लगाउनुपर्ने र आवश्यक परे नागरिकहरुलाई घरघरमै गएर लगाउन अनुरोध गरेकी हुन् ।

अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई भने अनिवार्य रुपमै घरघरमै गएर कोरोना खोप लगाइदिने व्यवस्थाका लागि सभापति घर्तीले निर्देशन जारी गरेकी छन् ।

समितिको निर्देशन अघि समितिको बैठकमा सांसदहरुले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाइनुपर्ने, अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई घरमै पुगेर खोप लगाइनुपर्ने बताएका थिए ।

जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाउने कार्य जारी रहेको बताएका थिए । तर, घर घर जान सम्भव नरहेको भन्दै तोकिएको केन्द्रसम्म पुग्नुपर्ने बताएका थिए ।