logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय


अंकुरण खबर
494
Shares

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ १६ देखि २० गतेसम्म विद्यालयले संचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न सीसीएमसीसीको बैठकले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोरोना विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्र्तगत माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ ।

यस्तै, सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने निर्णय गरेको छ ।

साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ । अनलाइनमार्फत् जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ ।