logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस अधिवेशन : मतदान अधिकृत विरामी भएपछि वडाको मतदान नै रोकियो


अंकुरण खबर
351
Shares

नेपाली कांग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनस् विवाद सिर्जना भएको छ ।

सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो । तर  केहीवेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना निकालेपछि अधिवेशन पुन: अन्योलमा बनेको छ । मतदानको मिति र स्थान पटक-पटक निर्धारण भए पनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ ।

‘अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ,’  नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए ।

उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन ।