logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर इन्टरनेशनल अस्पतालको प्रभावकारी सेवा, छोटो समयमै लोकप्रिय बन्दै


अंकुरण खबर
1.573K
Shares

विज्ञान र प्रविधिको यो युगमा हरेक क्षेत्र सहजीकरण तर्फ उन्मुख छ । नैसर्गिक अधिकार मानिएको स्वास्थ्य क्षेत्रमा नयाँ-नयाँ प्रविधिको विकाससंगै नयाँ नयाँ रोग देखिने क्रम पनि बढेको छ । नेपालमा पनि स्वास्थ्य क्षेत्रमा हेर्ने हो भनी धेरै विकास भएको पाइन्छ । सरकारी अस्पतालका अलाबा पछिल्ला केही वर्षहरुमा धेरै नीजि अस्पताल सञ्चालनमा आएका छन् । आधुनिक प्रविधिमैत्री अस्पतालहरु सञ्चालनमा आएसंगै उपचारकै लागि विदेश जानुपर्ने बाध्यता केही हदसम्म हटेको छ ।

नेपालमै आधुनिक प्रविधि सहित सुलभ र गुणस्तरीय सेवा दिने नीजि अस्पताल मध्ये एक हो, भक्तपुर इन्टरनेशनल अस्पताल । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ कौशलटारमा रहेको यो अस्पताल गत वर्ष अर्थात २०७७ साल चैत महिनादेखि सञ्चालनमा आएको हो । दुरदृष्टि, इच्छा शक्ति र सेवाको भाव राखि कार्य गरे तमाम चुनौती र समस्यालाई सहजै पार गरि धेरैको रोजाइमा पर्न सकिन्छ भन्ने उदाहरण यो अस्पताल बनेको छ ।

सधै व्यस्त रहने काठमाडौं-भक्तपुर ६ लेनको सडकसंगै जोडिएको यो अस्पताल कौशलटार चोकमै छ । जनसंख्याको चाप बढ्दै गएको भक्तपुरमा आधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा दिने यो अस्पताल सञ्चालनमा आएसंगै विशेषतः भक्तपुरबासीहरु खुसी भएका छन् । यही सडक हुँदै अरनिको राजमार्ग, विपि राजमार्ग लगाएत ग्रामिण भूभागमा आवत जावत गर्ने सवारीको चाप धेरै छ । यी सडकमा सवारी दुर्घटनामा परेका घाइतेको उपचार गरेर धेरैको ज्यान जोगाएको छ यस अस्पतालले ।

यस कारण अस्पताल सञ्चालन गरियो :

ज्ञानकृष्ण श्रेष्ठ यस अस्पताल सञ्चालक समितिका अध्यक्ष हुन । विगत लामो समयदेखि यहि क्षेत्रमा रहेका उनलाई भक्तपुरमा एउटा सुविधा सम्पन्न गुणस्तरीय अस्पताल सञ्चालन गर्ने लक्ष्य थियो । आवश्यक्ता र चुनौती पहिल्याई आइपर्ने समस्या सहजै समधान गर्ने खुबी भएका श्रेष्ठ लगाएत टीमको त्यही लक्ष्यले अस्पताल सञ्चालनमा छ । अध्यक्ष श्रेष्ठ “भन्छन भक्तपुर जिल्लाको जनघनत्व धेरै भएको र बिरामी हुँदा काठमाण्डौं नै धाउनु पर्ने बाध्यता थियो । बिरामीलाई आफ्नै जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर यो अस्पताल सञ्चालन ग¥यौं । अहिले भक्तपुरका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा लगाएत जिल्लाबासीलाई सेवा दिएका छौं । जसको आर्थिक अवस्था कमजोर छ उनीहरुलाई सहुलियतमा सहज सेवा दिएका छौं ।”

यस्ता छन् उपलब्ध सेवाहरु :
यस अस्पतालमा नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियु) , बाल संघन चिकित्सा इकाई (पिआइसियु) पनि सञ्चालनमा छ । जुन सेवा अझै पनि राजधानीकै धेरै अस्पतालमा छैन् । यसको अलाबा अस्पतालले आधुनिक प्रविधिबाट शल्यक्रिया, अल्ट्रा साउण्ड, एक्सरे, इको, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, भिडियो एक्सरे, बायोप्सी, प्रयोगशाला सेवा अन्तर्गत बायोमेट्रीक रेडियोलोजी, इ.सी.जी., सि.टि.स्क्यान, हाडजोर्नी तथा ट्रमा उपचार , ट्रेड मिल टेष्ट (टिएमटी), प्याथोलोजी, हेमोटोलोजी, माइक्रोबाइलोजी, फिजियो थेरापी , काडियोग्राफी लगाएतका सेवा प्रदान गर्दै आएको छ ।

चर्मरोग, बालरोग, नाक, कान, घाँटी रोग, मानसिक रोग, छाती तथा पेट सम्बन्धी रोगको उपचार , मृर्गौला रोग सम्बन्धी उपचार, स्त्री तथा प्रसुती, डेण्टल सेवा, आँखा परीक्षण, होलबडी चेकअप लगाएतका उपचार सेवा अस्पतालले दिँदै आएको छ ।

सरकारका स्वास्थ्य सम्बन्धीका कार्यक्रम लागु गर्न सहयात्री :

सरकारले मातृशिशु कल्याण योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, विभिन्न प्रकारका खोपहरु, क्षय रोगको निःशुल्क उपचार लगाएतमा कार्यक्रमलाई अस्पतालमा लागु गर्न पत्र पठाइसकेको बताउछन अध्यक्ष श्रेष्ठ । नेपाल सरकारकोे १० प्रतिशत विरामीलाई निःशुल्क उपचार गर्नु पर्ने व्यवस्था गरे बमोजिम यस अस्पतालल जेष्ठ नागरिक, अनाथ, असाय, एकल महिला,अति विपन्नलाई महिनामा २ जना विरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

बिरामीलाई सुविधै सुविधा :

गत मंसिर १५ देखि चैत्र मसान्तसम्म विहान १० बजेदेखि दिउँसो २ बजे सम्म आउने बिरामीलाई सातै दिन हाड जोर्नी तथा नशारोग, सर्जरी र न्यूरो रोग, जनरल फिजिसिएन र स्त्री रोग, बालरोग, नाक, कान तथा घाँटी रोग, मुटुरोग रोग लगायतका रोगमा निःशुल्क परामर्शको साथै परीक्षण हुँदै आएको छ । अस्पतालले समुदायमा गएर आवश्यक्ता अनुसार विभिन्न शिविर, रक्तदान कार्यक्रम पनि गर्ने गरेको छ ।

विभिन्न संघ संस्थासंग सहकार्य, उपचारमा २० प्रतिशत छुट :

अस्पतालले धेरै नागरिकसंग सम्बन्ध बिस्तार र सहकार्य गर्ने हेतुले नयाँ नयाँ प्याकेज व्यवस्था गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार सहकारी, उद्योग बाणिज्य महासंघ, संघ, लाइन्स क्लबहरु, विभिन्न संघ सस्थासंग संझौता गर्ने गरेको छ । संझौता गर्दा कार्ड दिएको हुन्छ । बिरामी पर्दा त्यो कार्ड स्क्यान गरेपछि उसको डिटेल विवरण आउँछ । त्यही आधारमा एक परिवारमा ६ जनासम्मले उपचारमा २० प्रतिशत छुट पाउँछन् । अस्पतालले हालसम्म करिब १ हजार जति कार्ड वितरण गरि सकेको छ ।

आमागी लक्ष्य, केही वर्षमै १०० शैयाको अस्पताल बनाउने

यस अस्पतालले अहिले १५ वटा शैयाको मात्र अनुमति पाएको छ । तर हाल ५४ जना डाक्टरहरुले सेवा दिरहेको अस्पताल ५० शैयामा बिस्तार भैसकेको छ । प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतीको लागि पहलपहल भैरहेकाले पर्खाइमा रहेको छ । अबको ५ वर्षमा यो अस्पताल १०० शैयाको बनाउने तयारी छ । साथै भविश्यमा यो अस्पताललाई शिक्षण अस्पतालको रुपमा लैजाने योजना रहेको अध्यक्ष श्रेष्ठ बताउछन् ।

पैसा कमाउने भन्दा पनि सेवाको भावले अस्पताल खोलिएको बताउछन् अस्पतालका म्यानेजमेन्ट सहायक निर्देशक तथा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.हेमन्त ढुङ्गाना । उनले भने “विशेषः भक्तपुरमा अन्य केही अस्पताल भए पनि सबै प्रकारका बिरामीको उपचारलाई समेट्ने नभएका कारण त्यसको अभाव परिपुर्ती गर्दै, छिटो, सजिलो र सुलभ तरिकाले उपचार सेवा प्रवाह गरेकै कारण छोटो समयमै अस्पतालको बारेमा धेरैले थाँहा पाएको र बिरामीको रोजाइमा पर्दै गएको छ ।”