logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने


अंकुरण खबर
1.131K
Shares

शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हरेक प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

त्यस्तै, आज राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।