logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जगदुल्ला जलविद्युतको  विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने


अंकुरण खबर
1.001K
Shares

१०६ मेगावाट विद्युत  उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण  र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड  बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि  बैंक सँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ ।

आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ ।

तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन  निर्माण कार्य जारी रहेकोले जगदुल्लाको  बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो ।