logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१०,७३० कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै ५,२९९ जना संक्रमित


अंकुरण खबर
1.365K
Shares

२४ घण्टामा देशभर १० हजार ७३० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिनेज परीक्षणबाट १८८८ जनामा कोरोना पुष्टि भएको छ ।

हिजोको तुलनामा आज स‌ंक्रमण घटेको छ । हिजो १२ हजार ३३८ कोरोना पुष्टि भएको थियो ।

३४ घण्टामा २३ हजार ९२ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १८ हजार ६१८ पीसीआर र ४ हजार ४७४ एन्टिजेन परीक्षण भएको छ ।

२३ घण्टामा ७६६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ५,२९९ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला पछि प्रदेश १ का झापा, मोरङ, सुनसरी, गण्डक प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही लगायतका जिल्लामा कोरोना संक्रमण उच्च छ ।