logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम, कतै वर्षा त कतै बदली


अंकुरण खबर
1.222K
Shares

आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू भागमा आजको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

राति देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । चिसो बढेकाले सावधानी अप्नाउन मौसमविदले अनुरोध गरेका छन् ।