logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते


अंकुरण खबर
455
Shares

सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका(६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।

गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।