logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ३०० ले घट्यो सुनको मूल्य


अंकुरण खबर
572
Shares

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा (आज) आइतबार छापावाला सुन तोलामा ३०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार शुक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।