शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकै पटक ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार अस्पतालले सूचना जारी गर्दै एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भएको जनाएको हो । स्वास्थ्यकर्मी संक्रमित भएपछि कोभिड–१९ विरुद्धको नियमित खोप कार्यक्रम हाललाई स्थगित गरिएको हो ।
अबस्था सामान्य बने एक साता पछि अर्थात माघ १६ गते पछि पुनः खोप कार्यक्रम सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।