नेपालमा गएको २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ३७ कोरोना परीक्षण गरिएको छ । जसमा १३ हजार ३ सय ७७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
२४ घन्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घन्टामा ४९ हजार ४ सय ७३ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।
८८ प्रतिशत ओमिक्रोन भेरियन्ट पुष्टि
देशभरबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।
नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ ।