logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु


अंकुरण खबर
1.495K
Shares

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो ।

वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताए । लडेकै ठाउँमा उनको मृत्यु भएको बताइएको छ ।