logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा, काठमाडौंमा पनि पानी पर्ने सम्भावना


अंकुरण खबर
442
Shares

अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ ।

पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो ।

यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले जानकारी दिए ।

उनकाअनुसार आज काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलले बताइन् ।

भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने मौसमविद्को अनुमान छ ।