logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थपिए १० हजार नयाँ संक्रमित, चारजनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

नेपालमा पछिल्लो २४ घन्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ । मन्त्रालयलका अनुसार यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।