काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि सात दिनका लागि खोप कार्यक्रम स्थगन गरिने भनिएको थियो ।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी (काठमाडौ) बाट जनशक्ति व्यवस्थापन भएपछि अस्पतालले पुनः खोप कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
आज बिहान १० बजे नियमित खोप कार्यक्रम सुरु हुने छ ।