logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते


अंकुरण खबर
546
Shares

बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गएराति ८ बजेतिर ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ पल्टिएको हो । रथ पल्टिँदा आदर्श कोटवाल ३ बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका ७ जानकीनगरकी २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्रह्माबाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ अनियन्त्रित भई रुखमा ठोक्किएको स्थानीय बासिन्दाको भनाइ छ । बेहुला भने सकुशल रहेका छन्।

दुर्घटनामा १३ जना जन्ती घाइते भएका छन्। उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।