logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महासचिव दाबी गरेका वर्षमान पुन बिहानै प्रचण्ड निवास खुमलटारमा


अंकुरण खबर
650
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न आज बिहानै खुमलटार पुगेका छन् ।

चीनबाट उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्डलाई भेट्न बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन् ।

श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनको परिवारले समेत स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए ।

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ ।