logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन हुन्छ हृदयघात ? हृदयघात हुन नदिन के गर्ने ? यस्ता छन लक्षण र बच्ने उपाय


अंकुरण खबर
1.196K
Shares

मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ ।

यसका लागि मुटुको मांशपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरु हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।

जब मुटुको धमनीहरुमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई  मुटुको धमनीको रोग (Coronery artery disease) भनिन्छ । मुटुको धमनीहरुको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोज लगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ ।

कमजोर र साँघुरो रक्तनलीहरु सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरु एक्कासी बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमनी वा धमनीका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमनीहरु थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरूअक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा देखापरेको आपतकालिन समस्या हो ।

यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरू जम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।

यी पदार्थहरू जम्मा भएर धमनी सागुरिएको ठाउँमा धमनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ । रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमनीलाई थुनिदिन्छ । थुनिएको भाग भन्दा अगाडि धमनीहरुले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदय तन्तुहरू मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।

हृदयघातका लक्षणहरु:

हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने,भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एकासी बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छन । कसै-कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन ।

उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।

हृदयघातबाट बच्नका लागि के गर्ने त ? यस्ता छन बच्ने उपायहरु :

नियमित स्वस्थ खानपान नगर्ने, नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने ।

दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने ।

मद्यपान तथा धुम्रपान सेवन नगर्ने,

स्वास्थ्य परीक्षण गर्ने रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने ।

पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउने ।

शरीरको तौल नियन्त्रनमा राख्ने र तनावहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धीत चिकित्सकसँग परामर्श गर्ने ।

हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक बर्ष मृत्यु हुने गर्दछ । हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ ।

विभिन्न उपचार पद्धतीका तथा औषधीको बाबजुत हृदयघात भैसकेपछि मृत्युदर अझै नै उच्च नै छ । तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोग सम्बन्धी न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका ब्यक्तिहरुले नियमित परिक्षण गराउने माथि उल्लेखित लक्षणहरुको केही सङ्का भएमा तुरुन्त अस्पताल गई परिक्षण गर्नु पर्दछ ।

(डा. कमल लम्साल एभरेष्ट अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।)