logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपाको आफ्ना प्रतिनिधिलाई निर्देशन 


अंकुरण खबर
871
Shares

राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ ।

राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

विज्ञप्ति सहित:

Avatar