logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा एकैदिन ८५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.157K
Shares

लमजुङमा एकैदिन मंगलबार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा गरिएको एन्टिजेन परीक्षण गरिएकोमा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सबभन्दा बढी मध्य नेपाल नगरपालिकाको २७ जनामा संक्रमण देखिएको छ ।

बेंसीशहर नगरपालिकाको २२ जना, सुन्दरबजार नगरपालिकाको १५ जना, मर्स्याङ्दी गाउँपालिकाको १० जना, दोर्दी गाउँपालिकाको ३ जना र जिल्ला बाहिरको ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका र वह्वोलासोंथर गाउँपालिकामा भने संक्रमण देखिएको छैन ।

स्वास्थ्य कार्यलयको तथ्याङ्क अनुसार लमजुङमा सक्रिय संक्रमितको संख्या ३ सय ३५ पुगेको छ । हालसम्म तेस्रो लहरमा ४ सय १४ जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये ७८ जना कोरोनामुक्त भएका छन् । १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।