logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा


अंकुरण खबर
923
Shares

जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ ।

जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।

सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।

यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् ।