logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोभिड नेपालः सवारीसाधनमा जोरबिजोर प्रणाली कसरी ‘जोखिमपूर्ण र अवैज्ञानिक’


अंकुरण खबर
1.326K
Shares

सरकारले काठमाडौं उपत्यकाकाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली ‘अवैज्ञानिक’ र थप ‘जोखिमपूर्ण’ भएको विज्ञहरूले बताएका छन्।

कोभिड-१९ महामारी नियन्त्रणका लागि भिडभाड हुने गतिविधि कम गर्न भन्दै सरकारले गत शुक्रवार मध्यरातदेखि जोरबिजोर प्रणाली लागु गरेको हो।

तर कार्यालयहरू, बजार तथा व्यापार व्यवसायहरू चालु अवस्थामै रहेको र यात्रुहरूको हिँडडुलमा खासै कमी नआएकोले सार्वजनिक सवारीमा थप चाप बढेको र त्यसले सङ्क्रमणको जोखिम घट्नुको बदला झन् बढेको सार्वजनिक यातायातविद् आशिष गजुरेलले बताएका छन्।

तर स्थानीय प्रशासकहरूले सङ्क्रमण नियन्त्रणमा जोरबिजोर प्रणाली ‘प्रभावकारी’ देखिएको दाबी गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडियो । बीबीसी