logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज पनि चार सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.833K
Shares

बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि छापावाल सुन सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।