पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा मंगलबार राति पहिचान हुन नसकेको समूहले एउटा ट्रकमा आगजनी गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आगजनी भएको हो ।
कुखुराको दाना बोकेर गइरहेको ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए ।
उनले भने, झकिन र कसले ट्रकमा आगजनी गरेको हो अनुसन्धान भइरहेको छ । चालक पनि सम्पर्कमा नआएको यादवको भनाई रहेको छ।
आगजनीबाट ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।