logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
546
Shares

सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१० बस्ने २८ वर्षीय लालदेव चौधरी रहेका छन्।

सप्तकोशी नगरपालिका-४ बलारदहस्थित कन्चरूप फत्तेपुर भित्री सडक खण्डमा फत्तेपुरबाट कन्चनरूपतर्फ जादैँ गरेको ना३ख ९९३२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्रक र मोटरसाइकललाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेलेको भनाइ छ।