logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ 


अंकुरण खबर
559
Shares

मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ ।

जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् ।

साघुँरोे थुनुवाघरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ । अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन्  ।

दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।