logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनका बस्नेत विजयी


अंकुरण खबर
598
Shares

राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् ।

निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए ।

प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् ।