logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका मुख्य सचिव पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित


अंकुरण खबर
1.807K
Shares

सत्तारुढ नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ पाएका थिए । यस्तै प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरेका हुन् ।

पौडेल यसअघि १४औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।