logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा बिहानै बस दुर्घटना, ८ जना घाइते


अंकुरण खबर
1.43K
Shares

बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका-२ रौतगाउँमा बिहान करिब ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् ।

यस्तै, कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका-५ की २१ वर्षीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी  र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

बस सडकबाट ५ मिटर तल खसेको छ । चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।