logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश


अंकुरण खबर
546
Shares

जिल्ला अदालत काठमाडौंले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटनाका नौ जनाआरोपीलाई थुनामा राख्न आदेश दिएको हो ।

उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।