logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुजी फाउन्डेसनको १७ लाख अमेरिकी डलर सहयोगमा २९ जिल्लाका बाढीपहिरो पीडितलाई राहत


अंकुरण खबर
390
Shares

२९ भन्दा बढी जिल्लाका बाढीपहिरो र बेमौसमी वर्षा पीडितलाई राहत सामाग्री उपलब्ध गराइएको छ ।

अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही र चितवनमा राहत सामाग्री वितरण गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देहीमा राहत वितरण भइरहेको राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले जानकारी दिए ।

बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ ।

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए ।

एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुनु, साबुन, २र३ वटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले राहतका लागि दाताको खोजी गरेका थिए ।