काठमाडौंको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।
घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ ।
बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।