logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कानुनमन्त्री बडुलाई कोभिड संक्रमण


अंकुरण खबर
338
Shares

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ ।

उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड-१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।