logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलिया पढ्न गएको एक महिनामै नेपाली युवतीलाई कारले ठक्कर दियो, अवस्था गम्भीर


अंकुरण खबर
520
Shares

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी छन।

मंगलबार बिहान ५ बजेतिर सडक क्रस गर्ने क्रममा तिब्र गतिमा आइरहेको कारले २१ बर्षीया नेपाली विद्यार्थी सुष्मिता लामालाई ठक्कर दिएको हो।

उनको टाउकोमा गम्भीर चोट लागेको र हाल आइसियुमा राखेर उपचार भइरहेको अष्ट्रेलियन प्रहरीले जनाएको छ।

काठमाडौं घर भएकी सुष्मिता गत डिसेम्बर २१ तारिखमा मात्र डिप्लोमा इन अकाउन्टिङ्ग पढ्न सिड्नी गएकी थिइन।