logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, जोरबिजोर प्रणाली तत्काल नहट्ने


अंकुरण खबर
624
Shares

काठमाडौं उपत्यकामा जारी सवारी साधनमा जोरबिजोर प्रणाली अझै केही समय कायम रहने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमण बढ्न थालेपछि उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

गत ७ माघमा सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली तत्काल नहट्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताए । सवारी साधनमा जोरबिजोर प्रणालीले भीडभाडका साथै यात्रुलाई समस्या भएको भन्दै आलोचना भइरहेको बेला उनले यसबारे तत्काल कुनै निर्णय नहुने जानकारी गराएका हुन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न जारी आदेशका छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज या भोलि बस्दैछ । बैठकमा जोरबिजोर प्रणालीलाई कसरी व्यवस्थित गर्नेबारे भने छलफल हुने रिजालले बताए ।