महामारीका कारण देशभरिका रगत सङ्कलन केन्द्रहरूमा रगत सङ्कलन नहुँदा बिरामीहरू मर्कामा परेका छन्।
बुवाको उपचारमा आएका रुकुम पूर्वका भीमबहादुर पुन र ओखलढुङ्गाबाट भतिजाको उपचारमा आएका युवराज कार्कीले रगतको खोजीमा भौँतारिनुपरेको गुनासो गरे।
रगतको अभाव हुँदा प्रसूति, मुटु, क्यान्सर, मिर्गौलाका बिरामी, थाल्सेमिया, हेमोफिलियाजस्ता रोगका साथै आकस्मिक शल्यक्रियाहरू समेत प्रभावित हुन्छन्।
महामारीको त्रास, कलेजहरू बन्द तथा रक्तदाता र प्राविधिक जनशक्ति नै सङ्क्रमित भएका कारण रगत सङ्कलन प्रभावित बनेको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताएका छन्।
काठमाण्डूमा दैनिक ४०० पिन्टभन्दा बढी रगत खपत हुने भए पनि हाल त्यसको झन्डै ३०-३५ प्रतिशत जति मात्रै रगत सङ्कलन भएको छ।
समाधानका उपाय के छन् त ? जान्नका लागि कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। बीबीसीको सहयोगमा