logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गर्न सिफारिस


अंकुरण खबर
793
Shares

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०ले धेरै भीडभाड हुने क्षेत्रलाई माघ मसान्त सम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

सिसिएमसीले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।