नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । सोही समयमा नेपालमा ५ हजार ९२४ जनाले संक्रमण जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ५ सय ६२ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार १ सय १ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३ सय १८ र ४ हजार ४ सय ६१ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ४७ हजार ३ सय ९२ र एन्टीजेन विधिबाट १ लाख २६ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ४८ हजार ३ सय ६० रहे को छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ३ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ लाख ७२ हजार ७ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३ सय २९ रहेको छ।
त्यस्तै, यस अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ ।