logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न गठबन्धनको सरकारलाई सुझाव


अंकुरण खबर
884
Shares

जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सत्ता गठबन्धनले सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने कार्कीको भनाई थियो ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिए छ ।