logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा


अंकुरण खबर
884
Shares

जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए ।

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए ।

शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियोजन भए पनि खरिद गर्न सकिएको थिएन । हाल फेरि बजेट आएपछि खरिद गरिएको हो ।