कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन सारिएको छ ।
आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधबारका दिन १ बजे बस्ने गरी सारिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ २६ गते तोकेका हुन् ।
मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख सापकोटाले बैठक सारेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन् ।