कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।
मोहन्याल गाउँपालिका-७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा पक्राउ परेका बालक पनि सोही गाउँका हुन्।
बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।