logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला चार सयले घट्यो सुनको भाउ


अंकुरण खबर
819
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कायम भएको छ ।