logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शहिद दिवस : प्रधानमन्त्री देउवाद्वारा लैनचौरस्थित शहिद स्तम्भमा माल्यार्पण


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहिद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहिद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहिद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । सोही सन्दर्भमा आज देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ ।​