logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित


अंकुरण खबर
559
Shares

राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) का लागि डाकिएको बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज (आइतबार) एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक अर्को सूचना जारी नभएसममका लागि स्थगित भएको जानकारी दिएका छन् ।

यसअघि जारी गरिएको सूचनाअनुसार राष्ट्रियसभाको बैठक माघ १७ गते दिनको १ बजे बस्ने तय भएको थियो। त्यसअघि पनि पटकपटक बैठक स्थगित भएको थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले संघीय संसद्‌का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक स्थगित हुँदै आएको छ ।