logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी ,एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग(उजुरी सहित)


अंकुरण खबर
2.899K
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ ।

संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं, उजुरी पत्रमा भनिएको छ ।