logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हिमपातको सम्भावना, भोलि यी प्रदेशमा वर्षा हुने


अंकुरण खबर
1.391K
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ‍

यस्तै, मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपात हुनेछ ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा  हल्का हिमपातको आँकलन गरिएको छ ।