logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्पादन जनशक्तिलाई ‘लिडिङ’ गर्ने सिटीईभिटीले हो : शिक्षामन्त्री


अंकुरण खबर
1.209K
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन् ।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए ।

‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनप¥यो ।’

१० औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए । अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गरे ।

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्री पौडेले भने, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’ । मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्नेमा जोड दिए ।

सोही क्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालले पारर्दशीता र सुसासनमा छुट नहुने भन्दै नियमविपरित भए मन्त्रालयले दण्डित गर्ने बताए ।

‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’ उनले भने, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’